माप्यदुधकोशी : एक्सन फर नेपालले उपलब्ध गरायो झण्डै १० लाख बराबरको स्वास्थ्य सामाग्री

सोलुखुम्बु । एक्सन फर नेपालले करिब १० लाख रुपैंया बराबरको स्वास्थ्य सामाग्री माप्यदुधकोशी गाउँपालिकालाई उपलब्ध गराएको छ ।

प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीको समन्वयमा
एक्सन फर नेपालको कोभिड १९ रेसपोन्स परियोजना अन्तर्गत सो स्वास्थ्य सामाग्री गाउँपालिकालाई उपलब्ध गराईएको हो ।
एक्सन फर नेपालले उपलब्ध गराएका ती स्वास्थ्य सामाग्री सांसद राजभण्डारीले सोमबार माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईलाई हस्तान्तरण गरेका थिए।
उपलब्ध गराईएका स्वास्थ्य सामाग्रीहरुमा अक्सिजन कन्सेन्ट्रेटर २ वटा, एन्टीजेन किट १०० वटा, पिपिई सेट ५० वटा, मास्क, स्यानिटाईजर लगायत बिभिन्न १२ प्रकारका अति आवश्यकीय स्वास्थ्य समाग्री छन।


