हिमाल दर्शन माबिले सार्बजनिक गर्‍यो ‘स्वर्ण बर्ष,सोर्‍ह प्रतिबद्धता’



डिल्ली शर्मा,सोलुखुम्बु।नेचासल्यान गाउँपालिकास्थित जिल्लाकै श्री हिमाल दर्शन माध्यमिक विद्यालयले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि १६ बुँदे प्रतिबद्धता सार्बजनिक गरेको छ।

स्थापनाको पचासौं वर्ष गाँठका अवसरमा आगामी माघमा स्वर्ण महोत्सव मनाउने तयारी गरिरहेको जिल्लाकै पहिलो नमूना विद्यालय हिमाल दर्शन माबिको शुक्रबार बसेको विद्यालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक स्टाफ बैठकले बैठकले सर्बसम्मत पारित गरेर सो प्रतिबद्धता सार्बजनिक गरिएको विद्यालय ब्यबस्थापन समिति सदस्य नवराज जम्मरकट्टेलले जानकारी दिए।

‘स्वर्ण बर्ष, १६ प्रतिबद्धता’ नाम दिइएको विद्यालयको एक बर्षे शैक्षिक दृष्टिकोण सहितको सो प्रतिबद्धता कार्यन्वयनको तत्परताका लागि तिनै पक्षले हस्ताक्षर गरेको जमरकट्टेलले जानकारी दिए।”असल संस्कारयुक्त गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता” भन्ने विद्यालयको मूल नारा साकार पार्न शैक्षिक गुणस्तर अभिवृद्धिका लागि जारी सो प्रतिबद्धता पत्रमा ब्यबस्थापन समिति अध्यक्ष ओमप्रसाद बास्तोला,शिक्षक अभिभावक संघ अध्यक्ष नानुमाया बास्तोला र प्रधानाध्यापक अशोक कटेल लगायत अन्य सदस्यहरुको हस्ताक्षर रहेको छ।

विगतमा प्राप्त गरेको उपलब्धीहरुलाई संस्थागत गर्दै गौरवमय इतिहास रच्ने यस घडीमा विद्यालयको साख, प्रतिष्ठा र गरिमालाई अझ उच्च वनाउदै लैजानु पर्ने जिम्मेवारी हामी सवैमा रहेको छ, जारी प्रतिबद्धता पत्रमा भनिएको छ-‘विद्यालयको गौरवमय इतिहासको जगमा उभिएर विद्यालयलाई शैक्षिक जगतकै सबैको रोजाइ र आकर्षणको केन्द्र बनाउन प्रतिवद्धताहरु जारी गरि कार्यान्वयनका लागि हामी प्रतिवद्ध छौं ।’

सो विद्यालयले शैक्षिक सुधारका लागि भन्दै गत बर्ष २० बुँदे प्रतिबद्धता पत्र सार्बजनिक गरेको थियो।सो प्रतिबद्धता पत्रमा समेटिएका झण्डै ९० प्रतिशत प्रतिबद्धता पूरा भएको सदस्य कट्टेलले जानकारी दिए।

यस्ता छन् प्रतिबद्धता

प्रतिक्रिया दिनुहोस्