कामीरिता २९औं पटक सगरमाथाको चुचुरोमा, फेरि तोडे आफ्नै कीर्तिमान
काठमाडौ। आरोही कामीरिता शेर्पाले २९औं पटक सगरमाथाको सफल आरोहण गर्नुभएकाे छ ।

सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरेर विश्वकीर्तिमान बनाउनुभएका शेर्पाले आफ्नै कीर्तिमान तोड्नै पुनः नयाँ कीर्तिमान बनाउनुभएकाे हाे ।उहाँले आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको चुचुरो टेकेको सेभन समिट प्रालिले जनाएको छ ।
योसँगै ५४ वर्षीय कामीरिताले ‘व्यक्तिगत रुपमा सगरमाथाको सबैभन्दा धेरै सफल आरोहण गर्ने सफल व्यक्तिकाे रूपमा’ विश्वकीर्तिमान बनाउनुभएकाे छ ।विक्रम संवत् २०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिनुभएका कामीरिताले सन् १९९२ बाट हिमाल आरोहण गर्न थाल्नुभएकाे थियाे ।
कामीरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालुलगायतका हिमाल आरोहण आरोहण गरिसक्नुभएकाे छ ।file foto

