सोताङ : आफ्नै बाबुबाट यातना भोग्दै आएका १७ बर्षीय बालकको उद्दार



सोलुखुम्बु ।आफ्नै बुवाबाट लामो समयदेखि शारिरीक तथा मानसिक यातना खेप्दै आएका एक बालकको प्रहरीले उद्दार गरेको छ।

इन्सेकसंगको समन्वयमा जिल्लाको सोताङ गाउँपालिकाबाट १७ बर्षीय ती बालकको शुक्रबार उद्दार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएका ती बालकलाई अहिले परिवारको मन्जुरीमा मामा घरमा राखिएको मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको संस्था इन्सेक सोलुखुम्बुका प्रतिनिधि भोजराज कार्कीले जानकारी दिए।

कार्कीका अनुसार कक्षा ९ मा अध्ययनरत बालकलाई आफ्नै बुवाले मादक पर्दाथ सेवन गरि पटक पटक निर्घात कुटपिट गर्नुका साथै मानसिक यातनाका कारण अध्ययनमा समेत प्रभाव परेको खुल्न आएको छ । बुवाको कुटाईबाट यस अघि बालकको हात समेत भाँचिएको पारिवारिक श्रोतले जनाएको छ ।

स्थानिय जनप्रतिनिधि तथा अन्य ब्यक्तिहरु समेतको सहयोगमा उद्धार गरिएको बालकलाई तत्काल आफन्तको राखिएपनि अवस्था सामान्य भएपछि बालबालिका संरक्षित संस्थामा लगिने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरिक्षक(डिएसपी) कवित कटवालले जानकारी दिए ।

पीडित बालककि आमा बैदेशिक रोजगारका लागि विदेशमा रहको बताईएको छ।[सांकेतिक तस्बिर ]

प्रतिक्रिया दिनुहोस्