सोलु एमालेका नेता खालिङले गरे सगरमाथाको सफल आरोहण

सोलुखुम्बु । नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी सोलुखुम्बुका सदस्य पञ्चे खालिङ राईले बिश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

माप्यदुधकोशी गाउँपालिका वडा नं-२ का स्थायी बासिन्दा खालिङले गत सोमबार बिहान सगरमाथाको आरोहण गरेको एमाले जिल्ला कमिटी सचिब आशकुमार (शिशिर) खालिङले जानकारी दिए।खालिङ समुदायबाट सगरमाथा आरोहण गर्ने दोस्रो आरोही भएको उनले बताए ।

खालिङ समुदायबाट यसअघि सोलुदुधकुण्ड नगरपालिका टाक्सिन्धुका चन्द्रश्वर खालिङ र माप्यदुधकोशीकै टेकबहादुर खालिङले सगरमाथा आरोहण गरिसकेको सचिब खालिङले जानकारी दिए। । पछिल्लो पटक सगरमाथा आरोहण गर्ने पन्चे एमाजिङ नेपाल जोर्नी प्रालिका प्रबन्ध निर्देशक हुन।


