सीता कडेलका चार मुक्तक



मुक्तक-१
बुझ्दै नबुझ्नेलाई बुझाएर के काम
बहिरोलाई कहानी सुनाएर के काम
उस्लाई मेरो विश्वास रहेनछ छुट्यो,
अब मैले व्यर्थै मन दुखाएर के काम ।
मुक्तक-२
मौनता पनि जीवनको सार हो बुझिराख
शब्दहरुको जाल कारागार हो बुझिराख
युद्दमा तरवार बोकि बहादुरी देखाउनेहरु,
डायरी कलम पनि हतियार हो बुझिराख ।
मुक्तक-३
पिडाको गीत गाउँदा कस्लाई सुनाउने?
मैले अनेक दु:ख पाउँदा कस्लाई सुनाउने?
अरुले बचन लगाउँदा आफ्नालाई भन्ने रे,
आफ्नाले बचन लाउँदा कस्लाई सुनाउने ?
मुक्तक-४
भोली भन्दै ढाँट्न त हामीलाई पनि आउँछ
कुरा मात्र काट्न त हामीलाई पनि आउँछ
सक्छौ भने देश विकास गरेर देखाउ नेता,
गफ मात्र छाँट्न त हामीलाई पनि आउँछ ।

-कैलाली

प्रतिक्रिया दिनुहोस्