विश्वलाई गुहार्दै राष्ट्रसंघीय मिसनले भन्यो – नेपालमा तत्काल खोप पठाउनुहोस्

काठमाडौं, १ जेठ । नेपालमा कोरोना भाइरस संक्रमण दर उच्च रहेको जनाउँदै नेपालस्थित राष्ट्रसंघीय मिसनले तत्काल खोप पठाउन विश्व समुदायलाई आह्वान गरेको छ ।

नेपालस्थित राष्ट्रसंघीय आवसीय प्रतिनिधि सारा ब्यास्लो न्यान्तीले ट्विटरमा लेख्दै खोप पठाउन आग्रह गरेकी हुन् ।
उनले ट्विटरमा लेखेकी छन्, ‘के विश्वले सुनिरहेको छ ? विश्वमै संक्रमित दर उच्च रहेको तथ्यांक आफैंले पनि बोलिरहेको छ । तत्कालै खोप नेपाल पठाउनुहोस् ।’
उनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ), संयुक्त राष्ट्रसंघ, युनिसेफ लगायत संस्थालाई ‘मेन्सन’ गरेकी छन् ।

