भँडारे खोलामा पहिरो खसेपछी सिद्धिचरण लोकमार्ग अवरुद्ध
काठमाडौं,९ असोज । लगातारको वर्षाका कारण ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ ।

मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा सडकमाथिबाट लेदोसहितको बाढी आउँदा सडक अवरुद्ध भएको हो । बाढीले सडकको भाग काटेर गहिरो बनाई करिब १५ मिटर सडकमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
अवरुद्ध सडक खुलाउन डिभिजन सडक कार्यालय हर्कपुरसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । सडक खुलाउन नसकिएपछि आवतजावत पूर्ण रूपमा बन्द छ ।


