सोलुखुम्बु : बेड भर्ना गर्न नमान्दा बच्चाको मृत्यु भएको भन्दै आफन्तद्वारा अस्पताल तोडफोड



सोलुखुम्बु। अस्पतालको लापरबाहीका कारण ३ बर्षीय बच्चाको ज्यान गएको आरोप स्थानीयले जिल्ला अस्पताल फाप्लुमा तोडफोड गरेका छन्।

सोलुदुधकुण्ड नगरपालिका ४ सुर्केका दावा गेलु शेर्पाको ३ वर्षिय छोरा ङिमा नुरु शेर्पाको अस्पतालमा निधन भएपछि मृतकका परिवार तथा आफन्तले अस्पतालको एक वार्ड तोडफोड गरेका हुन् ।निरन्तरको पखालापछि बिहिवार बच्चालाई अस्पताल लगिएको तर कोरोनाको कारण देखाउंदै अस्पतालले बेड भर्ना गर्न नमानेका कारण बच्चाको मृत्यु भएको आफन्तको आरोप छ ।तोडफोडबाट अस्पतालको दुई वटा झ्यालको सिसा, पानी तताउने सोलार र अक्सिजन कन्सन्ट्रेटरमा क्षति भएको अस्पतालले जनाएको छ।

तोडफोडमा संग्लन केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले प्रहरी र आफन्तबीच छलफल भैरहेको बताईएको छ।

अस्पतालका सुचना अधिकारी बिजय प्रकाश ठाकुरले बच्चामा झाडापखालाका कारण शरिरमा पानीको मात्रा कम भएर ज्यान गएको बताए । कोभिडका कारण सामान्य किसिमका सेवा अस्पतालले बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस्