काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द



काठमाण्डाै ।काठमाण्डाै उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेकका कार्यालय बन्द हुने भएको छ । काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द गर्न लागिएको हो।

काठमाण्डाै प्रशासनले बुधबार एक सूचना प्रकाशित गर्दै कोरोनाको महामारी तीव्र रूपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि यस्ताे निर्णय गरिएको जनाएको छ ।

निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालयबाहेक अन्य सबै जिल्लामा रहेका कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने/गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ, प्रशासनले निकालेकाे सार्वजनिक सूचनामा उल्लेख छ ।

सूचनामा अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिइ न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्नसमेत भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्