नयाँ बर्षको दिन चेपाङ बस्तीका ३८५ विद्यार्थीलाई SAAN ले बितरण गर्यो शैक्षिक सामाग्री

काठमाडौं।सबैले नयाँ बर्षको अधिल्लो दिन New year eve तामझामका साथ पबमा गएर या भब्य भब्य रेष्टुरेन्टमा गएर मनाए भने कत्तिले राम्रा राम्रा रिसर्टहरुमा गएर मनाए। तर सोहि दिन काठमाण्डौको एऊटा संस्था Social Activism Network Nepal ( SAAN ) भने धादिङको गजुरी गाउँपालिका, वडा नं ८ को डाँडामा अवस्थित चेेपाङहरुको बस्तिमा रहेको श्री छेपाङ्ग आधारभुत बविद्यालयमा गएर उक्त बिद्यालयका ३३५ र सोही बिद्यालय नजिक पर्ने ४५ जना बिद्यार्थी भएको अर्को बिद्यालय गरेर ३८५ बिद्यार्थीहरुलाई स्कूल युनिफर्म, स्कुल जुत्ता, ब्याग, कपी, कलम लगायत सम्पूर्ण स्टेसनरी सामान, सामान्य जुत्ता, कपडा , वाटर बोटल, न्यानो तथा गर्मीका लुगहरु बितरण गरे भने श्री छेपाङ्ग आधारभुत बिधालयलाई बिद्यार्थीहरुको लागि भनी खेलकुद सामाग्री र फस्ट एडमा चाहिने सम्पूर्ण औषधिहरु हस्तान्तरण गरेका थिए ।

धादिङ जिल्ला अवस्थित रहेको छेपाङ आधारभूत बिध्यालयमा सोहि बिध्यालयमा अध्ययनरत करिब तीन सय पैतिस र अर्को चेपाङ बिद्यालयको ४५ बिद्यार्थी भाई बहिनीहरूलाई उक्त सम्पूर्ण सामान प्रदेश नं ३ का सभासद दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा हस्तान्तरण गरिएको थियो । सो अवसरमा त्यहाँका स्थानीय नेताहरु र समाजसेवीको पनि बाक्लो उपस्थिति थियो । Social Activism Network Nepal ( SAAN ) को यो पहिलो कार्यक्रम थियो भने यसका अध्यक्ष मात्र २० बर्ष कि सामाजिक अभियन्ता सन्जु ढकाल हुन भने कार्यक्रमका संयोजक सान कै बरिष्ठ उपाध्यक्ष स्वर्ण बिक्रम शाह थिए।
सानको उप सचिव सृजना ढुङ्गानाद्वारा संचालित कार्यक्रममा प्रमुख अथिती बागमती प्रदेश नं ३ का सभाषद दिपेन्द्र श्रेष्ठज्यूले आफ्नो मन्तब्य राख्ने क्रममा उक्त बिद्यालय र सधै संस्था सानको एउटा अभिन्न अंग जस्तै सानलाई साथ र सहयोग दिदै आउनु भएका सभाषद श्रेष्ठले यस विद्यालय र संस्था सानलाई भबिष्यमा पनि आफुले सक्ने भरपुर सहयोग गर्ने प्रतिबद्द्ता गर्नुभएको थियो ।
कार्यक्रममा बहादुर शाह स्मृति प्रतिष्ठान र किङ्गकम स्पोर्ट्स क्लबको पनि साथ रहेको बताईएको छ।

