कांग्रेसले खोस्यो चार जिल्ला सभापतिको जिम्मेवारी



काठमाडौँ,२ असोज । नेपाली कांग्रेसको संस्थापन पक्षले १५औँ महाधिवेशनअन्तर्गतका अधिवेशन गर्न नमान्ने इतर समूहका चारजना जिल्ला सभापतिको जिम्मेवारी खोसेर नयाँ कार्यवाहक सभापति तोकेको छ ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिको जिम्मेवारी खोसिएको हो ।

निर्णयअनुसार कञ्चनपुरका सभापति पदम बोगटीको जिम्मेवारी खोसेर हरिचन्द्र रानालाई दिइएको छ । त्यसैगरी, मुगुका सभापति ऐनबहादुर शाहीको जिम्मेवारी हरिजङ्ग शाहीलाई,डोटीका सभापति नरेन्द्रबहादुर सिंहको जिम्मेवारी नारायणबहादुर बलायरलाई र बागलुङका सभापति जित शेरचनको जिम्मेवारी खोसेर तारानाथ पौडेललाई सुम्पिइएको दुलालले जानकारी दिए ।जिम्मेवारी खोसिए पनि उनीहरूको सभापति पद भने कायमै रहको दुलालले बताए।

प्रतिक्रिया दिनुहोस्