कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने महिला पक्राउ
काठमाडौं,२ असोज । बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–३ पडेष गाउँकी ४२ वर्षीया बिमला देवी रोकाया रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पानकोट पुलको पश्चिमी किनाराको रेलिङ पाइपमुनिबाट एक महिलाले कुकुरलाई धकेलेर सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाबारे अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा उक्त कार्य रोकायाले गरेको खुलेपछि उनलाई २०८३ असोज १ गते बेलुकी पक्राउ गरिएको हो।
कुकुरलाई पुलबाट नदीमा फालेर पशुपन्छीप्रति निर्दयी व्यवहार गरेको घटनाबारे पक्राउ परेकी रोकायामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


