पाँच करोड ४० लाख ठगीको आरोपमा ७० वर्षीय किरण वैद्य पक्राउ



काठमाडौं,१ असोज । जग्गा बिक्री गर्ने भन्दै पाँच करोड ४० लाख रुपैयाँभन्दा बढी रकम लिएर ठगी गरेको आरोपमा फरार रहेका एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भक्तपुरको साविक ताथली गाविस–६ (हाल चाँगुनारायण नगरपालिका–२) स्थित कित्ता नम्बर २७ लगायतका ४८ कित्ता जग्गा हकभोगी कायम भई बिक्री–वितरण गर्न नमिल्ने अवस्थाबारे जानकारी हुँदाहुँदै बिक्री गर्ने भन्दै बैना कागज गरी रु. ५ करोड ४० लाख ९६ हजार ९ सय ४० रकम लिएको आरोपमा काठमाडौं महानगरपालिका–३ का ७० वर्षीय किरण वैद्य पक्राउ परेका हुन्।

ठगीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भई फरार रहेका वैद्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार उनलाई काठमाडौं महानगरपालिका–२, नक्सालबाट नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्