आज पूर्बराजाको शुभजन्मोत्सव,११ बजेदेखि २ बजेसम्म निर्मल निवास खुला रहने



काठमाडौ, २३ असार।पूर्बराजा ज्ञानेन्द्र वीर बिक्रम शाहको शुभ जन्मोत्सव आज मनाईंदैछ।

तत्कालीन राजा महेन्द्रवीर बिक्रम शाहदेव र माता इन्द्रराज्य लक्ष्मी देवी शाहको माहिला छोराका रूपमा नारायणहिटी राजदरबारमा २००४ साल असार २३ गते जन्मनुभएका पूर्बराजा ज्ञानेन्द्रको आज ७९ औं शुभ जन्मोत्सव हो। शुभ जन्मोत्सवका अवसरमा पूर्बराजा शाहलाई शुभकामना दिन चाहनेहरुका लागि आज ११ बजेदेखि २ बजेसम्म निर्बास खुला रहने बताईएको छ।

परम्परागत रूपमा राजगद्दी उत्तराधिकारी नभए पनिवि.सं २००७ मा हजुरबुवा त्रिभुवन र बुवा महेन्द्रले देश छाडेर भारतमा शरण लिन गएपछि राणा शासकहरूले पहिलो पटक राजा घोषणा हुनुभएका वहाँ २०५८ जेठ १८ गते नारायणहिटी दरवारभित्र भएको नरसंहारमा राजा वीरेन्द्रलगायत तत्कालीन राज परिवारका अधिकांश सदस्यको हत्या भएपछि दोश्रो पटक राजा बन्नुभएको थियो।

नेपालको इतिहासमा दुई पटक राजा घोषणा भए पनि २००७ साल र २०६५ सालमा दुबै पटक दिल्ली सम्झौताका कारण गद्दीच्युत हुनुभएको थियो । २००७ सालमा भएको दिल्ली सम्झौता अनुसार वहाँ गद्दीच्युत भएपछि हजुरबुबा त्रिभुवन राजा हुनुभयो भने २०६२ मंसिर ५ गते भारतकै अगुवाईमा तत्कालीन माओवादी र संसदबादी दलहरूबीच बार्‍ह बुँदे सहमति भएपछि त्यसका आधारमा दलहरूले नेपालमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएको घोषणा गरेका थिए। तर षड्यन्त्रपूर्बक रूपमा राजसंस्थाको अन्त्य गरिएको भन्दै पछिल्लो समय राजसंस्था पुनर्स्थापित हुनुपर्ने माग घनीभूत रूपमा उठन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्