आफ्नै बुवा र एक छिमेकीको हत्या अभियोगमा सुनवलबाट एकजना पक्राउ
नवलपरासी पश्चिम,२३ जेठ ।आफ्नै बुबा र छिमेकी एक जनाको हत्या अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनवल नगरपालिका-२ अवरैया बस्ने २७ वर्षीय हेमराज थारू छन् । उनलाई आफ्नै बुवा ५० वर्षीय जय राम थारू र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेको अभियोगमा शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
हेमराजले कोदालो प्रहार गर्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताईएको छ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

