डाँका समूहले चक्कु प्रहार र गोली फायरिङ गर्दा सप्तरीमा एकजनाको मृत्यु,एक घाइते



सप्तरी,२३ जेठ । चोरी गर्न नदिँदा अपरिचित डाँका समूहले प्रहार गरेको धारिलो हतियार र गोली फायरिङ्गका कारण सप्तरीको सुरुङ्गा नगरपालिकामा एक जनाको मृत्यु र अर्का एकजना घाइते भएका छन् ।

सप्तरी प्रहरीका अनुसार गए राति १ बजे सुरुङ्गा नगरपालिकाको वडा नम्बर ८ स्थित कान्तलाल चौधरीको घरमा लुटपाट गर्न आएको अपरिचित समूहलाई अवरोध गर्न खोज्दा उनीहरूको आक्रमणबाट घरधनी चौधरीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।सो क्रममा मृतकका चौधरीलाई बचाउन जाँदा छिमेकी रामाकान्त चौधरी घाइते भएका हुन्।

सप्तरी प्रहरीका अनुसार डकैत समूहद्वारा भएको धारिलो हतियारको प्रहार र गोली फायरिङ्गका कारण चौधरीको घटनास्थलमै मृत्यु भएको हो। सो समूहले घरबाट ५ तोला सुन, २ किलो चाँदी र केही नगदसमेत लुटेर लगेको सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिएका छन्।

घाइते चौधरीको लहानस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। हाल घटनाको थप अनुसन्धान जारी रहेको छ।- सांकेतिक तस्बिर

प्रतिक्रिया दिनुहोस्