आन्दोलन उत्साहप्रद छ, सरकार डरायो : राप्रपा अध्यक्ष लिङ्देन



काठमाडौँ,१७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र झन् कमजोर हुँदै गएको प्रमाणित भएको बताएका छन्।

पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन्। उनलेे हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजसंस्था पक्षधरहरूको प्रदर्शन हुन्छ भनेर निषेधित क्षेत्र घोषणा गर्नु सरकार कमजोर भएको प्रमाण भएको उनको दावी थियो।

आन्दोलन उत्साहप्रद रहेको र आगामी कार्यक्रमलाई झनै मजबुत बनाउने बारेमा छलफल भएको जानकारी पनि उनले दिए।उनले आन्दोलन समितिको निर्देशनअनुसार सबै परिचालित हुने निर्णय गरेको पनि बताए । अध्यक्ष लिङ्देनले भने,‘कार्यक्रम उत्साहप्रद छ । आज र आगामी कार्यक्रमलाई पनि मजबुत बनाउने र आन्दोलन समितिको निर्देशनअनुसार सबै परिचालित हुने भन्ने हो । हाम्रो आन्दोलन उत्कर्षतर्फ गइरहेको छ । हामीलाई यसले उत्साहित तुल्याएको छ ।’ -फाईल तस्बिर

प्रतिक्रिया दिनुहोस्