वमवेदु अक्षयकाेषवाट जीवन ज्याेति उच्च माबिका दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान
सोलुखुम्बु,५ जेठ । जीवन ज्याेति उच्च माध्यमिक विद्यालय कांगेलमा स्थापित वमवेदु अक्षयकाेषवाट कक्षा ६ देखि ९ सम्म उत्कृष्ट नजिजा ल्याउन सफल छात्रछात्रालाई छात्रवृत्ति बितरण गरिएको छ ।

नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा पर्यटन बिभाग प्रमुख आङगेलु शेर्पा र युबा नेता नवीन थापाले आइतबार विद्यालयमा आयोजित कार्यक्रममा कक्षा ९ कि छात्रा आयुस्का लामिछाने र कक्षा ७ का दीपक रोक्कालाई जनही ३ हजार ५ सयका दरले छात्रवृत्ति वितरण गरेका थिए।
काङ्ग्रेस युवा नेता थापा परिवारले हजुरबुबा स्वर्गीय बमबहादुर थापा र हजुरमुमा स्वर्गीय बेदमाया थापाको स्मृतिमा डेढ बर्ष अघि सो अक्षयकोष स्थापना गरेका थिए । स्वर्गीय बम बहादुर थापाले नेपाली काङ्ग्रेसले चलाएको सशस्त्र क्रान्ति(२०३१) ताका ७ महिना जेल जीवन समेत बिताएको थापाले जानकारी दिए।

