कर्तव्य!!
प्रमिला पाण्डे(थापा)
बच्चैदेखि सिकाइयो कर्तव्य के हो भनेर।
कर्तव्य के हो भनेर थाहा पाइयो सानैदेखी त्यसैले त कर्तव्य ज्ञानमा परिणत भइदियो ।।
कसैले पनि नराम्रो नगर्नु यहि हो कर्तव्य
सबैमा राम्रो बन्नु यहि हो कर्तव्य !
आफुमा र अरुमा कर्तव्यको फरक पनि पाइयो र देखियो ।।
कर्तव्य निभाउँदा आफुलाइ बिर्सिईयो ।
बुवाआमाले दिइएको संस्कार नै कर्तव्य हो भनेर।।
आफ्नो कर्तव्य नमरुन्जेल अरुमा पस्किन पाँउ । कर्तव्य के हो भन्ने कुरा अरुलाइ सिकाउन पाँउ।।
असल मानिस जो हो उस्ले आफ्नो कर्तव्यलाई बुझेको हुन्छ।
समाजमा जस्ले निस्वार्थ भावनाका साथ काम गर्द्छ, त्यही नै हो कर्तव्य अन्तमा , प्रत्येक नागरिकको यहीँ कर्तव्य हो ।
जुन संविधानको पालना गर्नु र राष्ट्रलाई आदर र सम्मान गर्नु यहि हो हाम्रो असल कर्तव्य।। .
बत्तिसपुतली ,धोविखोला