नेकपा माओवादी केन्द्र नेचासल्यान धमाधम उम्मेदवारी घोषणा गर्दै,३ नं वडाध्यक्षमा सीताराम सिफारिस



सोलुखुम्बु।गठबन्धनको पर्खाइमा रहेको नेकपा माओवादी केन्द्र नेचासल्यान आगामी स्थानीय तह निर्बाचनका लागि धमाधम उम्मेदवारी सिफारिस गर्न थालेको छ।

गठबन्धनका लागि काँग्रेससंग औपचारिक /अनौपचारिक संबादमा रहेको माओवादी केन्द्र कांग्रेसले हरियो झण्डा नदेखाएपछि उम्मेदवारी सिफारिस गर्न थालेको हो।यसक्रममा बुधबारमात्रै वडा नं ३ को वडाध्यक्षका लागि सीताराम भट्टराईलाई सर्बसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ।

आगामी निर्वाचनमा नेचासल्यान ३ बाट पालिका अध्यक्ष समेत रहेका सिताराम भट्टराईलाई वडा अध्यक्षको उम्मेदवार बनाउने भएको हो ।भट्टराई ०७४ सालमा भएको स्थानीय तह निर्बाचनमा नेकपा एमालेका उम्मेदवार धर्मध्वज खत्रीसंग पराजित भएका थिए।

मंगलबारमात्रै सो पार्टीले गाउँपालिका अध्यक्षका लागि चार जनाको नाम सिफारिस गरेको थियो ।माओवादी केन्द्रले गाउँपालिका अध्यक्षका लागि केशर राई,अनिल राई,रामेश्वर कार्की र भुपेन्द्र कटेललाई सिफारिस गरेको माओवादी केन्द्र नेचासल्यानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्