चार्टर बिमानमार्फत माओवादी नेता बर्षामान उपचारका लागि बैंकक प्रस्थान



काठमाडौं।नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य बर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन । जण्डिसको वंशानुगत समस्या भएका नेता पुन हिमालय एयरलाइन्सको चार्टड विमानमार्फत थाइल्याण्ड प्रस्थान गरेका हुन ।

उनको बैंककको समितिभेज अस्पतालमा उपचार हुनेछ । उनी चार वर्षअघि पनि उपचारको लागी लामो समय थाइल्याण्ड गएर बसेका थिए । पछि उनको स्वास्थ्यमा सुधार आएको थियो ।

ज्वरो आउने ,वान्ता आउनेजस्तो समस्या नरोकिएपछि उनको सुमेरु अस्पतालमा उपचार भएको थियो । तर, निको नभएपछि उनलाई बैंककस्थित समितिभेज अस्पताल लगिएको हो ।

पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको चिकित्सकहरूले बताएका थिए । नेता पुनसंगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि थाइल्याण्ड गएकी छन्। पुनलाई छोड्न त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा माओवादी नेता शक्ति वस्नेतलगायत नेता कार्यकर्ता पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्