थुलुङ दुधकोशीका चार विद्यालयका विद्यार्थीलाई ओङ्छु शेर्पा ट्रष्टद्वारा झोला बितरण



सोलुखुम्बु,४ जेठ । ओङ्छु शेर्पा ट्रष्टले साेलुखुम्बुकाे थुलुङ दुधकाेशी गाउँपालिकाका ४ वटा विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गरेको छ।

गाउँपालिकाको वडा नं २ र ३ मा रहेका विद्यालयका विद्यार्थीहरुलाई ट्रष्टको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम् पर्यटन बिभाग प्रमुख आङगेलु शेर्पाले २५० थान स्कुल ब्याग बितरण गरेको स्थानीय समाजसेवी एबम् नेपाल तरुण दलका केन्द्रीय सदस्य नवीन थापाले जानकारी दिए।

स्कुल ब्याग बितरण गरिएका विद्यालयहरुमा वडा नं २ काँगेलस्थित जीवन ज्याेति माध्यमिक विद्यालय,कागेल आधारभूत विद्यालय वाहुन्डि,बागेश्वरी आधारभूत विद्यालय वात्तिम र वडा नं ३ पञ्चनस्थित सुशीला आधारभूत विद्यालय भाेर्लेनि छन्।

ब्याग वितरण कार्यक्रममा वाेल्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख शेर्पाले शिक्षा,स्वास्थ्य र राेजगारीका लागि नेपाली काङ्ग्रेस नयाँ दृष्टिकोणसहित प्रस्तुत हुने वताउनुभयाे ।

कार्यक्रममा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण निराैला, नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति तथा टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा,ओङ्छु शेर्पा ट्रष्टका कार्यकारी निर्देशक सनम शेर्पा,नेपाली काङ्ग्रेसका महासमिति सदस्यसमेत रहेका तरुण दलका केन्द्रीय सदस्य थापा,तरुण नेता अशाेक झा,नेविसङ्घका केन्द्रीय सदस्य वावुराम आचार्य,प्रदेश सम्मेलन सदस्य कैलास केसी लगायतले आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा स्कुल ब्याग उपलब्ध गराएको भन्दै विद्यार्थी, अभिभावक तथा विद्यालय प्रशासनले ओङ्छु शेर्पा ट्रष्टलाई धन्यवाद दिनुभएको थियो।

यसैबीच, जीवन ज्याेति उच्च माध्यमिक विद्यालय काँगेलमा स्थापित वमवेदु अक्षयकाेष वाट कक्षा ६ देखि ९ सम्म उत्कृष्ट नतिजा ल्याउन सफल एक छात्रा र एक छात्रलाई जनही तीन हजार ५ सयका दरले छात्रवृत्ति वितरण गरिएकाे छ।

प्रतिक्रिया दिनुहोस्