चेपाङ छात्रावासमा आयुषमानको जन्मोत्सव
चितवन,२६ चैत्र । एक थरिले आफ्नो कुनै उत्सवको अवसर पारेर महंगो रेष्टुरेन्ट वा होटलमा कार्यक्रम गरेर दुई चार जना भेला गरि फजुल खर्च गर्दैमा आफुलाई महान सम्झन्छन् भने अर्का थरि समाजमा रहेका असहायहरुका लागि सकेको सहयोग गरेर पूण्य कमाउँछन् ।

टोखा नगरपालिका वडा नं.४ निवासी राजनीतिकर्मी तथा समाजसेवी अमृतमान श्रेष्ठ र स्वास्थ्य सेविका चन्द्रमायाँले आफ्ना छोरा आयुषमान श्रेष्ठको जन्मोत्सवको अवसरमा चेपाङ संरक्षण केन्द्र र चेपाङ छात्रावास रत्ननगर ११,मङ्गलपुरमा अध्यायनरत १५० जना बिद्यार्थीलाई दिवा भोजन गराउनुका साथै मनोरञ्जनात्मक कार्यक्रम गरि मनाएका छन् ।
छात्रावासका अध्यक्ष केपि किरण शर्मा, वार्डेन बिमला चेपाङ लगायतको उपस्थितिमा आयोजना भएको दिवा भोजन कार्यक्रममा स्थानीय कलाकार पिताम्बर आचार्य,सुनिता आचार्य,रमिला श्रेष्ठ आदीको उपस्थिति थियो ।

