३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएसंगै ठाटिकाध गाउँपालिका सिल
दैलेख ६ जेठ । कर्णाली प्रदेशमा कोरोनाका पहिलो संक्रमित आठबिस नगरपालिकामा फेला परेसँगै सीमा जोडिएको ठाटिकाध गाउँपालिका सिल गरिएको छ। भारतको वनवासा हुँदै चैत ३१ गते दैलेख आएका एक ३५ वर्षीय पुरुषमा सोमबार कोरोना पुष्टि भएको थियो।
गाउँपालिकाले मंगलबार सूचना टाँस गर्दै सबै वडामा मानिसको आवतजावत रोख्ने र बाहिरबाट कसैलाई पनि पालिका प्रवेश गर्न नपाउने बताएको छ। गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले छिमेकी नगरपालिका आठबिसमा कोरोना देखिएको भन्दै सर्वपक्षीय बैठकले गाउँपालिका सिल गर्ने निर्णय गरेको बताए।
गाउँपालिकाले अर्को सूचना टाँस नगरेसम्मका लागि गाउँपालिका प्रवेश गर्ने सम्पूर्ण नाका सिल गरिएको बताएको छ। मेडिकलबाहेक गाउँपालिकाका सम्पूर्ण पसल व्यवसाय बैंकिङ क्षेत्र बन्द गर्ने निर्णय भएको छ।
