नेपाल बुद्धिजीवी परिषद् सोलुखुम्बुले चयन गर्‍यो बस्नेतको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति



सोलुखुम्बु । नेपाल बुद्धिजीवी परिषद् जिल्ला कमिटी सोलुखुम्बुको अध्यक्षमा प्रभुराम बस्नेत चयन भएका छन्।

केन्द्रीय सदस्य भगवती गुरुङको प्रमुख आतिथ्यमा शनिबार सदरमुकाम सल्लेरीमा सम्पन्न अधिबेशनले बस्नेतको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी सर्बसम्मत चयन गरेको हो।कार्यसमितिको उपाध्यक्षमा कल्पना कार्की, सचिवमा महेश भण्डारी, उप-सचिवमा दधि धमला र कोषाध्यक्षमा अशोक सिवाकोटी रहेका छन्।

अधिबेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले देशमा बुद्धिजीवीहरूको उपस्थितिलाई रचनात्मक तथा सङ्गठनमा प्रभावकारी ढङ्गबाट अगाडी बढाउन एमालेले राखेको सोच उत्कृष्ट रहेको बताइन।

कार्यक्रममा नेकपा एमालेले सोलुखुम्बुका उपाध्यक्ष आशकुमार राई ‘शिशिर’ लगायत अन्य नेताहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्