कांगेल- जुबु जोड्ने मोटरेबल पुल बन्दै, १६ महिनाभित्र निर्माण सम्पन्न गरिने



केदार बस्नेत

सोलुखुम्बु,१० मंसिर । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको कांगेल र जुबु सिधा जोड्ने गरि दुधकोशी नदीमा मोटरेबल निर्माण हुने भएको छ।

३० महिनामा निर्माण सम्पन्न गर्ने गरि सम्झौता गरिएको सो पुलको मंगलबार प्रदेश सांसद उत्तम कुमार बस्नेत र थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष अशिम राइले संयुक्त रुपमा शिलान्यास गरेका छन।

१५ करोड ८० लाख लागतमा बन्ने ९३ मिटर लम्बाइ र ७.५ मिटर चौडाइ रहेको यो पुल निर्माणका लागि २०७६ कार्तिक २७ गते प्रदेश नं १ यातायात पुर्वाधार निर्देशनालय र निर्माण कम्पनी खाम्पाचे शेर्पाबीच डिजाईन एण्ड बिड विधिमा सम्झौता भएको पालिका अध्यक्ष राइले बताए ।

३० महिना मध्ये १४ महिना डिजाइन लगायत अन्य काम गर्दा सकिएको र बाँकी १६ महिना रहेको बताउंदै अध्यक्ष राइले पुलको निर्माण कार्य समयसीमा भित्रै सम्पन्न हुने बिश्वास व्यक्त गरे।सम्झौता अनुसार काम सम्पन्न गर्नका लागि जस्तोसुकै सहयोग गर्न स्थानीय सरकार तयार रहेको राइको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्