छिमेक लघुबित्तको आयोजनामा नेचासल्यानमा तरकारी खेती सम्बन्धि तालिम सम्पन्न



सोलुखुम्बु।नेचासल्यान गाउँपालिकामा आधारभूत तरकारी खेती तालिम सम्पन्न भएको छ।

छिमेक लघुबित्त बित्तीय संस्थाको आयोजनामा आईतबार सुरु तिनदिने सो तालिम आज सम्पन्न भएको हो। ३० जनाको सहभागिता रहेको सो तालिमको सहजीकरण संस्थाका सल्लेरी शाखा प्रबन्धक प्रेमबहादुर थोकर र कृषि प्राविधिक शक्ति दाहाल र नेचासल्यान गाउँपालिकाकी कृषि प्राविधिक सबिता बास्तोलाले गरेको संस्थाका कर्मचारी किशोर कट्वालले जानकारी दिए।

‘ग्रामीण बिकासको आधार लघुबित्तको गुणात्मक बिकास’ भन्ने नाराका साथ गाउँपालिकाको वडा नं ५ स्थित चेतना बिस्तार पुस्तकालयको हलमा सञ्चालन गरिएको तालिमका सहभागीहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती,तिनमा लाग्ने रोग र रोकथामका उपायबारे प्रशिक्षित गरिएको कट्वालले बताए।

प्रतिक्रिया दिनुहोस्