माप्यदुधकोशीमा नि:शुल्क आँखा शिबिर सुरु,काठमाडौंमा उपचार गर्नुपरे गाउँपालिकाले आवतजावत खर्च व्यहोर्ने
सोलुखुम्बु।माप्यदुधकोशी गाउँपालिकाको खास्तावमा नि:शुल्क आँखा शिबिर सुरु भएको छ भएको छ।

तिलगंगा आँखा अस्पताल काठमाडौं,जिल्ला सामुदायिक आँखा केन्द्र र माप्यदुधकोशी गाउँपालिकाको समन्वयमा तीन ठाउँमा सञ्चालन हुने शिबिरको सोमबार गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले खास्तावमा उद्घाटन गरेका थिए।सो शिबिर खास्तावपछि आज (मंगलबार) कोफु र ११ गते वाकुमा सञ्चालन हुने उद्घाटन कार्यक्रममा जानकारी गराईएको थियो।
शिबिरको उद्घाटन गर्दै अध्यक्ष राईले आँखा मानव शरीरको अति संबेदनशिल र महत्वपूर्ण अंग भएका कारण यसको सुरक्षामा आंफै सचेत हुनुपर्ने बताउंदै गाउँपालिकामा सञ्चालित शिबिरमा सहभागी भएर यसबाट लाभ लिन स्थानीयलाई आग्रह गरे।सामान्य आँखा रोगीहरुको उपचार शिबिरमै हुने र मोतीबिन्दु पहिचान गरिएका बिरामीको अपरेसन काठमाडौं लगेर गरिने उनको भनाई थियो । त्यसका लागि आवतजावत सम्पूर्ण खर्च गाउँपालिकाले ब्यहोर्ने घोषणा अध्यक्ष राईले गरेका थिए।

खास्तावमा सम्पन्न शिबिरबाट १ सय ५४ जनाले आँखा जाँच गराएको र ती मध्ये ८ जना मोतिबिन्दुका बिरामी फेला परेको गाउँपालिकाले जनाएको छ।त्यस्तै,शिबिरमा ३१ जनालाई चस्मा बितरण गरिएको थियो।

