आम नेपाली एकता समाज, भारत गठन, अध्यक्षमा केवी रावत सागर
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम नेपाली एकता समाज, भारतको अध्यक्षमा केवी रावत सागर चयन भएका छन्।

सोमबार बसेको भर्चुअल बैठकले गठन गरिएको ५१ सदस्यीय केन्द्रिय समितिको वरिष्ठ उपाध्यक्षमा शिद्धार्थ पुरुष,उपाध्यक्षमा टेकबहादुर खड्का, सचिवमा शंकर सोनी, सहसचिवमा हर्कबहादुर विष्ट, कोषाध्यक्षमा सम्झना वि.क. र कार्यालय सदस्यमा रमेश चलाउने रहेका छन् ।
यसैगरी सदस्यमा दिपक रावत, तुलाराम विष्ट, तारा बहादुर खड्का, प्रेमराज गिरी, भरत धामी, दिलिप भण्डारी, कृष्ण धामी, पदम चलाउने, संत बहादुर कामी, सागर योगी, तुला बुढा, भरत बहादुर विष्ट, भरत पाल, शंकर सुनार, खगेन्द्र बजागाँइ, अमृता रावत, प्रेम बुढा, एकोन्द्र खड्का रहेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।
शाहका अनुसार सदस्यमा विनोद रावत, राज बटाला, तपेन्द्र विष्ट, अम्मर नेपाली, राजु देउवा लगायतका सदस्य रहेका छन् ।

