लम्की स्कीन रोगको लक्षण देखा परे प्राविधिकसंग सम्पर्क गर्न किसानहरुलाई थुलुङदुधकोशीको आग्रह



सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकाले लम्की स्कीन रोगको लक्षण देखा परेमा प्राविधिकहरुसंग राय परामर्श लिन पशुपालक किसानहरुलाई आग्रह गरेको छ।

गाउँपालिकाभित्र गाईभैंसीमा लाग्ने लम्की स्कीन रोग महामारीको रुपमा फैंलदै गएको उल्लेख गर्दै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खरिधन राईले सो आग्रह गरेका हुन्।

बिहिवार एक सूचना जारी गर्दै राईले प्रकोप फैलिएको क्षेत्रमा पुगेर उपचार,रोकथाम र किसानहरुलाई सूसुचित गर्न गाउँपालिका पशुसेवा शाखा र अन्तर्गतका कर्मचारीहरु तयारी अवस्थामा रहेको उल्लेख गर्दै वडा कार्यालयहरुलाई आफ्नो क्षेत्रमा भएको अवस्थामा जानकारी लिन र प्राविधिकहरुसंग समन्वय गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्