थुलुङ दुधकोशीमा मंगलबारदेखि राष्ट्रिय परिचयपत्रको विवरण संकलन सुरु गरिने



सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकामा मंगलबारदेखि राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुनेभएको छ । मंगलबार पहिलो चरणमा वडा नम्बर ४ र ५ जुबु, ७ र ८ देउसा र ९ नम्बर वडा देउसामा उक्त कार्य हुने पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । प्रवक्ता कार्कीका अनुसार केही दिनपछि अन्य वडामा समेत सुरु गरिने छ ।

जसको लागि सोमबार गाउँपालिका केन्द्र मुक्लीमा अभिमुखिकरण कार्यक्रम गरिएको छ । गाउँपालिका अध्यक्ष असिम राइको अध्यक्षतामा गरिएको उक्त कार्यममा सबै वडाका वडा अध्यक्ष, गाउँकार्यपालिका सदस्य र वडा सचीवको सहभागीता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले सबै नागरिकको विवरण संकलन गर्ने कार्यलाइ ध्यान दिन आग्रह गर्नुभयो । नागरिकको वस्तीमा नै गएर विवरण निले कार्य प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक पर्ने उहाको भनाइ छ ।

यस्तै गाउँपालिका अध्यक्ष असिम राईले आफ्नो वडामा विवरण कार्य नसकेसम्म वडा नछाड्न वडा अध्यक्षलाई निर्देशन दिनुभयो । नागरिकलाई सहजरूपमा सेवा प्रवाह गर्नको लागि अध्यक्ष राईले कर्मचारी टोलिलाई अनुरोध समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्