विश्व वातावरण दिवसका अवसरमा थुलुङ दुधकोशी गाउँपालिका कार्यालय परिसरमा बृक्षारोपण



सोलुखुम्बु।विश्व वातावरण दिवसको अवसरमा थुलुङ दुधकोशी गाउँपालिका कार्यालय परिसरमा बृक्षारोपण गरिएको छ । गाउँपालिका अध्यक्ष असिम राई, उपाध्यक्ष सविता राई लगायतको उपस्थितिमा बृक्षारोपण गरिएको हो ।

धुपी, ओखर, एभोकाडो लगायत जातको बिरुवा रोपिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । उक्त कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्की,वडा नम्बर नौका वडा अध्यक्ष सनकुमार तामाङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत खरिधन कुलुङ लगायत पालिकाका अन्य कर्मचारी र कार्यपालिका सदस्यको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्