थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष राईद्वारा वडा कार्यालय भवन उद्घाटन



केदार बस्नेत,सोलुखुम्बु ।सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको वडा नं-८ देउसामा वडा कार्यालय भवनको उद्घाटन गरिएको छ।नवनिर्मित सो भवनको सोमबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गर्नुभएको हो।

नवनिर्मित वडा कार्यलय उद्घाटन गर्दै राईले जनताको काम अब नयाँ वडा कार्यालयबाट हुने बताउंदै समस्या बुझेर छिटोछरितो ढंगले सेवा प्रवाह गर्न निर्देशन दिनुभयो।गाउँपालिका अध्यक्ष राईले पालिकालाई समृद्धिको दिशामा डोर्‍याउन आफू दिनानुदिन लागिरहेको प्रष्ट पार्नुभयो।
वडा नम्बर ८ वडाध्यक्ष राजेश किराँतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सविता राई,वडा नम्बर ७ देउसाका वडाध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्की,वडा नम्बर ३ पञ्चनका वडाध्यक्ष इन्द्रमणी दाहाल(राजन)वडा नम्बर ६ मुक्लीका वडाध्यक्ष महेन्द्रदीप राई त्यस्तै स्थानीय,बुद्धिजिवी एवं सरोकारवालाहरुको कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्