शैक्षिक गुणस्तर सुधारका लागि थुलुङ दुधकोशी गाउँपालिकाले जारी गर्‍यो १६ बुंदे श्वेतपत्र



सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकाले “शैक्षिक श्वेतपत्र २०८०” जारी गरेको छ । गाउँपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न गाउँपालिका अध्यक्ष असिम राईले उक्त श्वेतपत्र जारी गर्नुभएको हो ।

गाउँकार्यपालिका, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र रिड नेपाल बीच अन्तरक्रिया गरि उक्त श्वेत पत्र जारी गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

कक्षा पाँच सम्म पढ्ने विद्यार्थीहरुले अनिवार्य अङ्ग्रेजी र नेपाली भाषा पढ्न सक्ने, आधारभुत गणितीय सीप अनिवार्य जानेको हुनुपर्ने लगायत १६ वुद्वे श्वेतपत्र जारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्