थुलुङ दुधकोशीमा वन तथा वातावरण सम्बन्धि अन्तरक्रिया तथा गोष्ठी सम्पन्न



सोलुखुम्बु। थुलुङ दुधकोशी गाउँपालिकामा वन तथा वातावरण सम्बन्धि अन्तरक्रिया तथा गोष्ठी सम्पन्न भएको छ । गाउँपालिका केन्द्र मुक्लीमा बुधबार सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा गाउँ कार्यपालिका सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

प्रवक्ता कार्कीका अनुसार वन ऐन, कार्यविधि, नियमावली लगायतको विषयमा छलफल गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले पालिका भित्रका सामुदायिक वन उपभोक्ता समितिलाई अभिमुखिकरण गरिने बताउनुभयो । उहाँले सामुदायिक वनलाइ वार्षिक कार्ययोजना निर्माण गरि अनिवार्य गाउँपालिकामा पेश गर्ने नीति निर्माणको कार्य भइरहेको बताउनुभयो ।

वन उपभोक्ता समिति सक्रिय नबन्दा वनबाट हुने आम्दानी र फाइदाबाट बन्चित हुने गरेको यथार्थतालाइ गाउँपालिकाले गम्भीरताका साथ लिएको वहाँको भनाइ थियो। थुलुङ दुधकोशी गाउँपालिका भित्र ४४ वटा सामुदायिक वन, ४ वटा कबुलियत वन, राष्ट्रिय वन र धार्मिक वन समेत रहेको छ । ती मध्ये केही सामुदायिक वन निष्क्रिय रहेका छन भने केही वनले राम्रो कार्य गरिरहेको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्