थुलुङ दुधकोशीले आयोजना गर्‍यो सार्बजनिक सुनुवाइ , पारदर्शी ढंगले काम भइ रहेको नागरिकहरुको प्रतिक्रिया



सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को हालसम्मको सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षण सम्पन्न गरेको छ।गाउँपालिकाका ९ वटै वडामा सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षण सम्पन्न गरि आइतबार गाउँपालिकाले सो सुनुवाइ सम्पन्न गरेको हो ।

गाउँपालिका प्रबक्ता भोजराज कार्कीका अनुसार सबै वडाले आ–आफ्नो वडामा भए गरेका कार्य सुनुवाइ गरेका छन् भने गाउँपालिकामा आज गरिएको हो ।सार्बजनिक सुनुवाइमा गाउँपालिभित्र भएका बिकासे योजना तथा बजेटको अवस्था लगायतको बारेमा जानकारी गराइएको छ । उक्त कार्यप्रगतिको विषयमा उपस्थित नागरिकले जिज्ञासा राखेका थिए भने पालिका अध्यक्ष असिम राई र सविता राईले त्यसको जवाफ दिनुभएको थियो।

नेपाल विद्युत प्राधिकरणले विस्तार गरेको विद्युत र बर्खुघाट पुलको विषयमा ध्यानकषर्ण गर्नुपर्ने आम नागरिकको माग रहेको छ । विद्युत प्राधिरणले मिटर बक्स प्रदान गरेको भए पनि विद्युत लाइन जोड्ने कार्य नगरिदिदा अनाआवश्यक महशुल तिर्नुपरिरहेको नागरिकको गुनासो छ ।

हालसम्म सञ्चालन भएका अन्य योजना भने पारदर्शीरुपमा अगाडी बढी रहेकाले सन्तोषजनक रहेको नागरिकको भनाई छ । यसैगरी विकास निर्माणलाई अगाडी बढाउन वहाँहरुले सुझाव दिनुभएको प्रबक्ता कार्कीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्