थुलुङदुधकोशी : लक्ष्मी बैंकको मुक्ली शाखामा एटीएम सेवा सुरु



सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका केन्द्र मुक्लीमा लक्ष्मी बैंकको एटीएम सेवा सुरु भएको छ । आज विहिबार एक कार्यक्रमका बीच गाउँपालिका प्रमुख असिम राईले उक्त एटीएमको उद्घाटन गर्नुभएको पालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

गाउँपालिका केन्द्रमा सञ्चालित लक्ष्मी बैंकले सेवाग्रहीको सहजता र गाउँपालिकाको माग अनुसार सेवा प्रवाह गरेको जनाएको छ । पालिका प्रमुखको माग अनुसार अहिले पाँच स्थानबाट सेवा प्रवाह गरि रहेको भन्दै लक्ष्मी बैंक मुक्ली शाखाका म्यानेजर प्रेम बस्नेतले व्यवस्थित र प्रभावकारी सेवा प्रवाहमा लागि परेको बताउँनुभयो ।

यस्तै पालिका अध्यक्ष राईले पहाडी जिल्लामा नै पहिलोपटक बैंक राख्न सफल भएको दावी गर्दै बैंक सञ्चालक तथा कर्मचारीलाई धन्यवाद दिनुभयो । नागरिकको सेवालाई सहज र सरल बनाउनुपर्ने दायित्व ठानी काम गरिरहेको स्मरण गर्दै अध्यक्ष राईले अब बैंकमा लाइन बस्नुपर्ने र झण्झटिलो प्रक्रियाबाट रकम निकाल्नुपर्ने बाध्यताको अन्त्य भएको बताउँनुभयो ।उक्त एटीएम गाउँपालिकाको प्रशासनिक भवनमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्