घातक रोगवापतको विमा दावी घरमै पुगेर हस्तान्तरण



रौतहट।चन्द्रपुर -४ रौतहट निवासी फणिदेव महतले सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीमा रु ५ लाख बराबरको विमाङ्क राखेर जिवन विमा गरेका थिए । विमा गरेर ४ किस्ता प्रिमियम बुझाएपछि उनी विरामी परे ।

उपचार गर्दै जाँदा उनलाई Brain Tumor भएको थाहा भयो । हाल उनी काठमाडौंमा बसेर उपचार गराइरहेका छन्। सिटिजन लाइफ इन्स्योरेन्सले बिमितको २० वटा प्राण घातक रोगको उपचार गर्ने उत्कृष्ट पोलेसी राखेको छ । सोहि अनुसार महतोले आफुले गरेको जीवन बिमामा ब्रेन ट्युमर रोगको उपचार खर्च पाउने भए पछि निवेदन दिएका थिए । कम्पनीमा रोग पहिचान भएको कागजपत्र सहित निवेदन प्राप्त भएपछि प्रकृया पुरा गरी विमपतको घरमै पुगेर चेक हस्तान्तरण गरेको सिटिजन लाईफ इन्स्योरेन्सका एजेन्सी मेनेजर सुरेशबाबु जमरकट्टेलले जानकारी दिए । सिटिजन लाईफ इन्स्योरेन्स स्वयंभु एरियाका एरिया म्यनेजर बिष्णुप्रसाद सापकोटा, शाखा प्रमुख कल्पना कार्कीसहित शाखा टिम महतो उपचारका लागि बस्नुभएको काठमाडौं सितापाईलास्थित नातेदारको घरमै गएर घातक रोगको सुबिधाबापत ४ लाख ८४ हजार ८ सय ६२ को चेक हस्तान्तरण गरेका छन् ।

आफु प्राणघातक रोगले थला परेर बसेका बेला शिघ्र स्वास्थ्य लाभको कामना सहित चेक लिएर घर मै आएकोले विमा गर्नु आफु र आफ्नो परिवारको लागि अपरिहार्य रहेको कुरा बिमित (बिरामी ) महतोले व्यक्त गरे ।’जीवनमा अचानक आईपर्ने दुर्घटना वा घातक रोग र आर्थिक समृद्धिको लागि सिटिजन लाईफको आवश्यकता रहेछ भन्ने कुरा सबैले बुझ्नु पर्ने रहेछ’- बिमित महतोले थपे ।

मानिसलाई लाग्ने २० प्राण घातक रोगको जोखिम बहन तथा आकस्मिक हुने दुर्घटना जोखिम बहन जस्ता उत्कृष्ट पोलेसी, कुसल व्यवस्थापक र सक्षम विमा कर्मी सिटिजन लिडर्सहरुको टिम भएकै कारण जनमानसमा जिवन विमा कम्पनि भन्ने वित्तिकै सिटिजन लाईफ इन्स्योरेन्सलाई नै सम्झने गरेको एजेन्सी मेनेजर जमरकट्टेलले बताए ।

प्रतिक्रिया दिनुहोस्