दुधकोशी सामुदायिक अस्पताल उद्घाटन सोमबार, भोलिबाट दुईदिने स्वास्थ्य शिबिर सञ्चालन गरिने



सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले गौरवको आयोजनाका रूपमा लिएको दुधकोशी सामुदायिक अस्पताल उद्घाटनका अवसरमा स्वास्थ्य शिबिर आयोजना गरिने भएको छ।

पूर्बप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने बताइएको ५० शैय्याको सो अस्पताल १० करोड १० लाख ७२ हजार ७५६ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष अशिम राईले जानकारी दिए।

गाउँपालिकाको केन्द्र मुक्लीमा निर्मित सो अस्पतालको उद्घाटनका लागि अध्यक्ष दाहालसहित अर्थमन्त्री जनार्दन शर्मा,प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो लगायतका नेताहरु सोमबार थुलुङदुधकोशी आउने कार्यक्रम रहेको राईले बताए।

सोही अवसर पारेर आईतवार र सोमबार स्वास्थ्य शिविरको आयोजना गरिएको अध्यक्ष राईको भनाइ छ । विषेशज्ञ चिकित्सकहरुको उपस्थितीमा आयोजना गरिने उक्त शिविरमा दन्त, सबै प्रकारका स्त्री रोग चिकित्सा सेवा प्रदान गरिने छ। शिविरका लागि आवश्यक तयारी पूरा भएको राईले बताए ।

प्रतिक्रिया दिनुहोस्