अभिनेत्री खतिवडा स्विजरल्याण्डमा



काठमाडौं १८ भाद्र । चलचित्र क्षेत्र होस् वा म्युजिक भिडियोहरुमा आफ्‌नो पृथक पहिचान बनाउन सफल अभिनेत्री तेजुला खतिवडा नेपाल चलचित्र कलाकार संघको केन्द्रिय कोषाध्यक्ष जस्तो जिम्मेवारी पदमा निर्वाचित भएर पदभार गरेलगतै संघको आर्थिक अवस्था सुधारको कार्य र संघको शाखा बिस्तार जस्ता गतिबिधिहरुमा सकृय रुपले लागि पर्नु भएको छ ।

नेपालीहरुको बाक्लो उपस्थिति रहेको देशहरुमा नेपाली चलचित्र प्रदर्शनको पहुँच बिस्तारसंगै नेपाली कलासंस्कृतीलाई माया र संरक्षण गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म नेपाली संस्कृतिको उत्थान, प्रवद्र्धन र प्रचार–प्रसार गर्न हेतु यतिबेला अभिनेत्री खतिवडा स्विजरल्याण्ड पुग्नु भएको छ । उहाँ विशेष गोष्ठी तथा सास्कृतिक आदान प्रदान कार्यक्रमको सिलसिलामा स्विजरल्याण्ड, जर्मन लगायत युरोपका केही देशमा पुग्नुहुने बताइएको छ ।

गायिका सहिमा श्रेष्ठको स्वर र उहाँले अभिनय गर्नुभएको पछिल्लो तीज गीत ‘यस्तै पोइ परोस्‌’ यतिबेला चर्चामा छ भने उहाँले बिगतमा दर्जनौ म्युजिक भिडियोसंगै द मोष्ट वाण्टेड, जष्ट फर यु, मैले भुल्नै सकिन,जवाफ लगायतका नेपाली चलचित्रहरूमा अभिनय गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्