सञ्चारकर्मी पोखरेललाई ‘मिस एण्ड मिसेस युनिभर्सल २०२६ सिजन ५’ मा दुई महत्वपूर्ण उपाधि



काठमाडौं, २० भदौ । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले मिस एण्ड मिसेस युनिभर्सल २०२६ सिजन ५’ मा दुई महत्वपूर्ण उपाधि हात पारेकी छन्।

पोखरेलले प्रतियोगितामा ‘पब्लिक च्वाइस वीनर’ र ‘मिसेस कन्फिडेन्स वीनर’ को उपाधि हात पारेकी हुन् । प्रतियोगिताको लाइभ कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

प्रतियोगितामार्फत महिला प्रतिभा,आत्मविश्वास,व्यक्तित्व विकास तथा सामाजिक योगदानलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ । लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय पोखरेलको यो सफलता मिडिया क्षेत्रमा उनको निरन्तर योगदानसँगै आत्मविश्वास र सक्रियताको सम्मानका रूपमा पनि हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्