नेपाल गार्मेन्ट मजदुर संघ काठमाडौंको अध्यक्षमा किशोर विश्वास



केदार बस्नेत काठमाडौं।नेपाल गार्मेन्ट मजदुर संघ काठमाडौंको अध्यक्षमा किशोर विश्वास सर्वसम्मत अध्यक्ष बन्नु भएको छ।विश्वासको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो। एक कार्यक्रमकाबीच सातौं अधिवेशनबाट विश्वासको नेतृत्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको गार्मेन्ट संघले जनाएको छ।

नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि कुलबहादुर खड्काले श्रम क्षेत्र मर्यादित र समाजको दृष्टिमा श्रमिकमैत्री हुनुपर्ने धारणा राख्नुभएको छ।श्रमको सम्मान राज्यले गर्नुपर्ने भन्दै खड्काले श्रमिकमैत्री समाजको निर्माण गर्न ट्रेड युनियन कांग्रेस अग्रसर हुने बताउनुभयो।कार्यक्रममा गार्मेन्ट मजदुर संघका केन्द्रीय अध्यक्ष बिष्णुदेब यादव ,नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौंका अध्यक्ष देबिप्रसाद भुसाल नेपाल ट्रेड युनियन कांग्रेस बागमति प्रदेशका सचिब राजेश हुमागाइ  गार्मेन्ट मजदुर संघ का सहअध्यक्ष इन्द्रराज कडेल कोषाध्यक्ष बिष्णु घिसिङ लगाएतको उपस्थिति रहेको थियो ।बोल्ने सबैले नवगठित कार्यसमितिलाई बधाई तथा सफलताको शुभकामना दिएका छन् । पुरुषोत्तम घिमिरेको अध्यक्षतामा कार्यक्रम सप्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्