फेसबुकले ४.४ करोड प्रयोगकर्ताको डाटा चोरेको आरोप



एजेन्सी । सामाजिक सञ्जाल कम्पनी फेसबुक ९मेटा०माथि कम्पनीले ४।४ करोडभन्दा बढी प्रयोगकर्ताको डाटाको दुरुपयोग गरेको आरोप लागेको छ । कम्पनीले प्रयोगकर्ताहरूमा गैरकानूनी शर्तहरू लगाए र उनीहरूको निजी डाटा शेयर गरेर अरबौं डलर नाफा कमाएको थियो।

यस सम्बन्धमा कम्पनीविरुद्ध बेलायतमा ३२ करोड डलर ९लगभग २३ हजार ७२८ करोड रुपैयाँ०को वर्गीय कारबाही मुद्दा दायर गरिएको छ । भारतमा फेसबुकमा गलत सूचना फैलाएको आरोप लागेको छ ।

बेलायतको फाइनान्सियल कन्डक्ट अथोरिटी ९एफसीए० का वरिष्ठ सल्लाहकार र प्रतिस्पर्धा कानूनको शिक्षाविद् लिसा लभडोल गोर्मसनले २०१५ र २०१९ बीच फेसबुक प्रयोग गर्ने व्यक्तिहरूको तर्फबाट मुद्दा दायर गरेकी थिइन् । लन्डनको प्रतिस्पर्धा अपील न्यायाधिकरणले मुद्दाको सुनुवाइ गर्नेछ । हालै, एक रूसी अदालतले प्रतिबन्धित सामग्री हटाउन असफल भएकोमा फेसबुकलाई १।९ बिलियन जरिवाना पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्