सिद्दार्थ बैंकले १५ प्रतिशत लाभांश दिने



 

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको बीसौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ।

सभाले बैंकको चुक्ता पूँजी रु। १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १ सय ९५ रुपैयाँ को १४।२५ प्रतिशत बराबर बोनस शेयर तथा ०।७५ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

वि।सं। २०५९ सालमा स्थापना भए देखिनै सिद्धार्थ बैंक ग्राहकवर्गको चाहाना बमोजिम सेवा प्रदान गर्न प्रतिबद्ध रहदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्