बिश्वकै लामो रेडियो अन्तर्बार्ताको नयाँ रेकर्डका लागि पत्रकार निरौलाद्वारा दावी प्रस्तुत



काठमाडौं।सोलुखुम्बुबाट प्रशारण हुने हिमाल एफएमका प्रबन्ध निर्देशक भानुभक्त निरौलाले बिश्वकै लामो रेडियो अन्तर्बार्ताको रेकर्ड ब्रेकका लागि गिनिज बुक वर्ल्ड रेकर्ड समक्ष आफ्नो दावी प्रस्तुत गरेका छन् ।

हाल अष्ट्रेलियाका पत्रकार रिचार्ड ग्लोभलले स्पोर्टस म्यान पेटर फिट्जसिमनका नाममा रहेको सो रेकर्ड ब्रेक गर्दै आफ्नो नाम दर्ज गराउने उद्देश्यले निरौलाले २५ घण्टा २७ मिनेटको दावी प्रस्तुत गरेका हुन। हाल सम्म सो बिधाको रेकर्ड २४ घण्टा लामो अन्तरबार्ताको छ।

पत्रकार निरौलाले पर्यटनबिद् आङफिन्जो शेर्पासंग पर्यटन र जलवायू परिवर्तनको असर’विषयमा कुराकानी गरेका थिए ।सोमबार विहान ७.३५ देखि हिमाल एफ.एम.को चावहिल स्थित शाखा स्टुडियोमा सुरु भएको अन्तरबार्ता मंगलबार विहान ९.०३ सम्म लिइएको हिमाल एफएमले जनाएको छ।पत्रकार निरौला कान्तिपुर दैनिक र कान्तिपुर टेलिभिजनका सोलु सम्बादाता हुन।

प्रतिक्रिया दिनुहोस्