नयाँ बानेश्वरको सडकमा एक्कासी पर्‍यो भ्वाङ



काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित सडकमा भ्वाङ परेको छ। बानेश्वरस्थित सिभिल अस्पताल र यातायात व्यवस्था विभाग अगाडिको सडकमा करिब ८ फिट गहिरो भ्वाङ देखिएपछि उक्त स्थानलाई घेरिएको छ। भ्वाङ आइतबार राति देखिएको हो।

भ्वाङ के कारणले परेको हो भन्नेबारे केही जानकारी नभएको प्रहरीले जनाएको छ। सडकमा भ्वाङ परेपछि अहिले ट्राफिक प्रहरीले सो सडक खण्डमा घेरा हालेर राखेको छ।

प्रतिक्रिया दिनुहोस्