आज बडादशैंको ११ औं दिन टीका र जमरा लगाउने क्रम जारी



काठमाडौं । बडादशैंको एघारौं दिन आजपनि मान्यजनबाट टीका र जमरा लगाई आशिर्वाद लिने क्रम जारी छ।

दशैंको मुख्य दिन हिजो विजया दशमीबाट शुरु भएको टीका र जमरासहित आशीर्वाद थाप्ने क्रम मुलुकका धेरै स्थानमा कोजाग्रत पूर्णिमासम्म चलिरहन्छ। पापमा अन्कुस लगाउने विश्वासका साथ आजको दिनलाई पापान्कुस एकादशी समेत भनिन्छ।

यसअघि सुनसान बनेका शहरी क्षेत्रमा हिजो टीका लगाएसँगै चहलपहल बढेको छ। बजार पसल समेत केहि खुल्न थालेका छन्। सडकमा सवारी साधनको संख्या समेत बढदै गएको ट्राफिक प्रहरीले जनाएको छ।

देशका केही स्थान र समुदायमा भने हिजो एक दिन मात्रै टीका लगाउने चलन छ। कोजाग्रत पूर्णिमामा जमरा बिसर्जनसँगै दशैं सकिन्छ।

प्रतिक्रिया दिनुहोस्