सुनको गहना चोरेको आरोपमा एक महिला पक्राउ



काठमाडौं।काठमाडौंको टोखा नगरपालिका–८ स्थित जिरीगाउँबाट सुनको गहना चोरेको आरोपमा प्रहरीले पश्चिम रुकुम घर भएकी सजिता परियारलाई पक्राउ गरेको छ।

असोज १० मा उनले जिरिगाउँ स्थित गहनराज शाहीको घरमा पसेर करिब ७ तोला गहना चोरेको दावी गरिएको छ । तिलहरी ठुलो १ थान, सुनको चुरा ४ थान, मुन्द्रा, औँठी र टप सहित करिब ७ तोला सुन चोरीमा संलग्न परियारलाई परिसर काठमाडौंको टोलीले सोमबार बसन्तपुरबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर टेकुका प्रबक्ता एसपी रमेशकुमार बस्नेतले जानकारी दिए।

जैसिदेवलमा बस्दै आएकी सजितालाई महानगरीय प्रहरी वृत महाराजगञ्जले चोरी मुद्दामा अनुसन्धान गरिरहेको बस्नेतको भनाई छ।

प्रतिक्रिया दिनुहोस्