श्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुई भारतीय पक्राउ



काठमाडौं।प्रहरीले श्रोत नखुलेको ९५ लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ। बाहिरबाट आएका सवारी साधन चेकजाँचका क्रममा महानगरी प्रहरी प्रभागको टोलीले चितवनवाट काठमाडौ आउदै गरेको ग १ ख ६६४५ न.को यात्रु वाहक हाईसबाट शुक्रवार सो रकम बरामद गरिएको परिसरका प्रबक्ता प्रउ रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

गाडीमा ८ र ९ नंको सिटमा सवार भारत मुम्वई महाराष्ट्र प्रदेश सङली जिल्ला थाना घर वताउने वर्ष २६ को सागर मालीको साथवाट ४५ लाख
र सोही स्थानका वर्ष १९ को कूष्ण अढाडेको साथवाट ५० लाख गरी जम्मा ९५ लाख बरामद गरि आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्